मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने ः निर्वाचन आयोग

Eleationnn

काठमाडौँ, । मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट ।

दोस्रो चरणमा असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणका लागि मङ्गलबारसम्मको समयसीमा तोकेको छ ।

दोस्रो चरणको निर्वाचनको लागि कायम गरिएका चार हजार ५ सय ८१ मतदानस्थलमा आएर मतदाताले धमाधम परिचयपत्र बुझेर लैजाने कार्य भइरहेको छ ।

यो निर्वाचनका लागि तीन प्रदेशमा आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको छ । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...