नवलपरासीमा बम बिस्फोट

माओवादीका ६ कार्यकर्ता घाइते, ३ को अवस्था गम्भीर

Nawalpar

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा बम पड्किदा माओबादी केन्द्रका ६ जना कार्यकर्ता घाईते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

सुनवल नपाको वडा नंं ३ किर्तिपुर हाईवे स्थित एक पुलमा दिउँसो १ बजे बम पड्किदा माओवादीका कार्यकर्ताहरु घाईते भएका हुन् ।

भुमहीबाट हजारांैको संख्यामा निकालिएको माओबादी केन्द्रको चुनावी ¥र्याली पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलको किर्तिपुर हाईवे स्थित सोमनाथ पुलमा आईपुग्दा बम पडकेको ईलाका प्रहरी कार्यालयल सुनवलले जनाएको छ ।

घाइतेलाई बुटवल स्थित लुम्बिनी अन्चल अस्पतालमा उपचारको लागि लगिएको छ भने ३ घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सुनवलको मुख्य बजारदेखि १ किलोमिटर पुर्व सोमनाथ खोलाको पुलामा बम राखिएको थियो । बम राखिएको स्थल सुनवल प्रहरी चौकीबाट २ सय मिटर पुर्व पर्दछ ।

त्यसैबीच आइतबार जिल्लाको बर्दघाट नगरपालिकामा पनि २ वटा सुतरी बम फेला परेको थियो । फेला परेको बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । केहि दिन अगाडी बर्दघाट र पाल्हीनन्दनमा पनि बम फेला परेका थिए । यसरी जिल्लामा बम फेला पर्दै गएपछि प्रहरीलाई थप चुनौतीको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...