पर्वतारोहण सङ्घको नेतृत्वका लागि दौडधुप

Nepal tourisam

काठमाडौँ, ९ असार । पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ एनएमए को आगामी नेतृत्वबारे चर्चा चुलिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत प्रतिष्ठित सङ्घको नेतृत्वका लागि आकाङ्क्षी उम्मेदवारले दौडधुप र प्रचार तीव्र पारेका छन् । निर्वाचन आउन करिब एक महिनाअघि नै आकाङ्क्षीले प्रचारप्रसार थालेका हुन् ।

सङ्घको साधारणसभा आगामी जुलाई २९ तारिख साउन १४ गते लागि तोकिएको संस्थाले जनाएको छ । सङ्घको आठौँ साधारणसभाबाट अध्यक्षसहित पदाधिकारी गरी २५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । निवर्तमान उपाध्यक्ष जिङ्बाजम्बु शेर्पा, वर्तमान उपाध्यक्ष सन्तवीर लामा, भूमिलाल लामा, जेपी लामालगायत अध्यक्षको प्रत्यासीका रुपमा चर्चामा छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणसँग जोडिएको एनएमएको छवि अन्तर्राष्ट्रिय जगत्मा चर्चित छ । विश्वभरका पर्वतारोहीले एनएमएलाई नेपालको हिमाली पर्यटनबारे जानकारी लिने, समन्वय गर्ने तथा पर्वतारोहणसम्बन्धी आवश्यक तालिम र उपकरण सेवा उपलब्ध गराउने संस्थाका रुपमा लिने गरेका छन् ।

आगामी नेतृत्वबारे प्रचारबाजी र हानाथाप भइरहेको सन्दर्भमा वर्तमान अध्यक्ष आङछिरिङ शेर्पासँग जिज्ञासा राख्दा उनले एनएमएको छवि र गरिमालाई उचो बनाउन आपसी प्रचारबाजी र विवादभन्दा पनि निष्पक्ष प्रतिस्पर्धा हुुनुपर्ने बताए ।

हिमाली क्षेत्रमा १३ वटा शाखा कार्यालय रहेको एनएमएले वार्षिक पर्वतारोहणसम्बन्धी विभिन्न तालिम, पर्वतारोहण उद्धार, ‘आइस क्लाइम्बिङ’, ‘स्की माउन्डेनरिङ’, ‘माउन्टेन रिडर कोर्स’, खेलकुदलगायतका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष शेर्पाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...