मालपोतका सुब्बा जेल चलान

झापा । मानव अपहरण र सरकारी कागजात कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान गरिएको छ ।

घटना सार्वजनिक हुनासाथ फरार लुइँटेल आफैँ हाजिर भएपछि जिल्ला अदालतले ५० लाख धरौटी बुझाउन आदेश दिएको थिायो । सो धरौटी नबुझाएपछि बुधबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत माघमा शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर कागजात कीर्ते गरेर करोडौँ मूल्यको जग्गा हडप्न खोजेको आरोपमा प्रहरीले १६ जनामाथि अनुसन्धान सुरु गरेको थियो । पीडित विष्टको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ जनामध्ये चारजना जेल चलान र दुईजना धरौटीमा रिहा भएका छन् । अन्य फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...