दूत मार्ग सम्पन्न गर्न कार्यविधि पारित  

काठमाडौँ, । मन्त्रिपरिषद्को बिहिबार बैठकले काठमाडौँ तराई÷मधेस जोड्ने दूत मार्ग फाष्ट ट्र्याक छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णयबमोजिम नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

यस्तै बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...