९ सय ५४ महिला उम्मेदवार चुनावी मैदानमा

Umedwar

दाङ । असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार जसमा घोराही उपमहानगरपालिकामा १ सय ७१, तुलसीपुर उपमहानगरपालिकाबाट एक सय ७३, लमही नगरपालिकामा १ सय दुई जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।

त्यसैगरी बबई गाउँपालिकामा ५५, राजपुर गाउँपालिकामा ७२, राप्ती गाउँपालिकामा एकसय १४, दङ्गीशरण गाउँपालिकामा ५५, गढवा गाउँपालिकामा ९६, शान्ति नगर गाउँपालिकामा ५७ र बङ्गलाचुली गाउँपालिकामा ५९ गरी नौसय ५४ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

जुन सङ्ख्याका कुल उम्मेदवारको सङ्ख्यामा महिला उम्मेदवारको सङ्ख्या ४० प्रतिशत रहेको छ । यसरी चुनावी मैदानमा उत्रिएका महिलामध्ये नगरप्रमुख पदमा अत्यन्तै न्यून रहेको छ ।

प्रमुख दलहरुले उपमहानगरपालिकामा एक÷एक वटा वडामा मात्र वडाध्यक्ष महिला उम्मेदवार बनाएको छ । चुनावी मैदानमा उत्रिएका महिला उम्मेदवारको कुल उम्मेदवार सङ्ख्याको ४० प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...