चिनियाँ प्रतिनिधिमण्डल स्वदेश प्रस्थान

Pararasta mantralya

काठमाडौँ, । नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा भाग लिने सिलसिलामा चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल बिहिबार स्वदेश प्रस्थान ग¥यो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग चिनियाँ प्रतिनिधिमण्डलले बुधबार अपराह्न बेग्लाबेग्लै शिष्टाचार भेट गरेको थियो ।

साथै, चिनियाँ टोलीले भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रमा जारी पुनःनिर्माणबारे जानकारी लिनाका साथै चिनियाँ सहयोगमा निर्मित निजामती अस्पतालको स्थलगत निरीक्षण गरेको थियो ।

चिनियाँ प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चीनका राजदूत यु होङ र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...