दाङमा ८ पत्रकार चुनावी मैदान  

 

दाङ । स्थानीय तहको निर्वाचनमा दाङबाट ८ पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएका पत्रकारमा घोराही उपमहानगरपालिकाको प्रमुख पदमा देशभक्त गणतान्त्रिक पार्टीबाट सुशीला आचार्य र लमही नगरपालिकाको उपप्रमुख पदमा निमबहादुर थापा चुनावी मैदानमा छन् ।

त्यसैगरी, न्युज २४ टेलिभिजनमा कार्यरत सुरेश श्रेष्ठ तुलसीपुर उपमहानगरपालिकाको वडा नं ५ को वडा सदस्यमा नेपाली काँग्रेसबाट चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

नेपाली काँग्रेसबाट तुलसीपुर उपमहानगरपालिका वडा नं ११ को वडा सदस्यमा रेडियो सञ्जीवनीमा कार्यरत सुवास डिसी, काँग्रेसबाट दङगीशरण गाउँपालिका वडा नं ३ को सदस्यमा रेडियो तुलसीपुरमा कार्यरत प्रकाश डाँगी, काँग्रेसबाटै घोराही उपमहानगरपालिकाको वडा नं १६ को महिला सदस्यमा राप्ती समाचार दैनिकमा कार्यरत सपना बोहरा पनि चुनावी मैदानमा उत्रिएका छन् ।

त्यसैगरी, नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको वडा नं ९ को वडा अध्यक्षमा रेडियो प्रकृतिमा कार्यरत संगीत बस्याल र एमालेबाट तुलसीपुर उपमहानगरपालिका वडा न ६ को वडा सदस्यमा रेडियो प्रकृतिमा कार्यरत दुजमान भण्डारी चुनावी प्रतिस्पर्धामा रहएको छ ।

चुनावी मैदानमा उत्रिएका अधिकांशले सक्रिय रुपमा पत्रकारिता गरिरहनुभएको छ । अहिलेसम्म सुवास डिसी र संगीत बस्यालले मात्रै विधिवत् रुपमा पत्रकारिता छाडेको जानकारी गराउनुभएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...