कुपन द्धारा भूकम्प पीडितलाई ट्याक्सी वितरण

New taxi

काठमाडौं–सरकारले भूकम्प प्रभावित परिवारलाई सहुलियतमा उपलब्ध गराउने गरी ट्याक्सी नम्बर वितरण गरेको छ ।

बुधबार ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथाद्धारा भुकम्प प्रभावितका परिवारलाई ट्याक्सी नम्बर वितरण कार्यको सुरुवात गरिएको हो ।

पहिलो दिन काभ्रे, नुवाकोट र रामेछापका भूकम्प प्रभावितलाई ट्याक्सी नम्बर वितरण गर्न लागिएको हो । त्यसैगरी विहिबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोक तथा शुक्रबार काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, रसुवा , मकवानपुर र ओलढुङ्गा जिल्लामा वितरण गरिने छ ।

सरकारले २०७२ साल बैशाखमा आएको भुकम्पबाट प्रभावित १४ जिल्लाका परिवारलाई सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा गरेको थियो ।

सरकारको यो निर्णय अनुसार काभ्रेका २ सय १, नुवाकोटका १ सय २५, रामेछापका १ सय ६५, दोलखाका २ सय १४, सिन्धुलीका ४६, सिन्धुपाल्चोकका २ सय ५३, काठमाण्डौका ९५, ललितपुरका ७२, भक्तपुरका ४३, मकवानपुरका ३१, धादिङका १ सय १७, ओखलढुगाका ३०, गोरखाका ७८ र रसुवाका ३० भुकम्प प्रभावित परिवारले ट्याक्सी नम्बर पाउने छन् ।

सरकारी निर्णय अनुसार यातायात व्यवस्था विभागले ती जिल्लामा १५ सय वटा ट्याक्सी नम्बर वितरण गर्न साउन ५ देखि भदौ ५ गते सम्म निवेदन आव्हान गरेको थियो । १ लाख ५१ वटा आवेदन मध्येबाट विभागले १ लाख ४९ हजार ५ सय ५१ जनाको नाम सुचीमा निकालेको थियो ।

आवेदकको संख्या बढेपछि सरकारले गोलाप्रथाबाट १५ सय ट्याक्सी नम्बर वितरण गर्न लागेको हो । विभागका अनुसार नम्बर पाएपछि भुकम्प प्रभावितहरु आफैले पैसा तिरेर किन्ने वा बैक मार्फत किन्ने भन्ने निर्णय स्वयंले गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस