हुस्सु र लगातार वर्षाको कारण लुक्लामा पर्यटक अलपत्र

Likala biman

सोलुखुम्बु, । असार १ देखि जहाज अवतरण भएको लुक्ला विमानस्थलमा केही दिन देखी बाक्लो हुस्सु र लगातारको वर्षाभएका कारण लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान अवरुद्ध भएको छ ।

लुक्लामा ६ दिन देखी उडान बनद हुँदा यात्रुहरु अलपत्र परेका छन् । त्यसयता कुनै पनि उडान हुन नसकेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले बताए । तारा एअरको २० भन्दा बढी उडान स्थगित भएको छ । अन्य एअरलाइन्सले समेत सबै उडान स्थगन गरेका छन् ।

उडान नहुँदा सगरमाथा क्षेत्रको भ्रमण गरेर फर्कन लागेका करिब एक सय भन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक लुक्लामै रोकिएका छन् । लामो समयसम्मको उडान अवरुद्धका कारण केही विदेशी तथा नेपाली पर्यटकले फाप्लुसम्म तीन दिनको पैदल यात्रा गर्न बाध्य छन् ।

लामो समयसम्म विमानस्थल अवरुद्ध भएपछि लुक्ला र नाम्चेलगायत क्षेत्रका लागि काठमाडौँबाट ल्याइने तरकारी, अन्डा, मासुलगायत उपभोग्य वस्तुको अभाव भएको लुक्लाका व्यवसायी आङ दोर्जी शेर्पाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...