नुवाकोटमा द्वन्द्वपीडितलाई सम्मान

Nuwakot

नुवाकोट । सात वर्षअघि स्थापित स्थानीय शान्ति समितिले जिल्लाका द्वन्द्व पीडितलाई सम्मान गरेको छ ।

सदरमुकाम विदुरमा मङ्गलबार आयोजित कार्यक्रममा समितिले १४ बेपत्ता तथा मृतकका परिवारलाई सम्मान गरेको हो । प्रजिअ जगदीशराज बरालले द्वन्द्वपीडितका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै अहिले द्वन्द्वपीडितका लागि दोस्रो किस्ता राहत वितरण सुरु भएको बेलामा समिति भङ्ग गर्न नहुने बताए ।

उनले भने द्वन्द्वकालीन अवस्थाका कामहरु अझै पूरा रुपमा सम्पन्न भएको छैन । यस्तो बेलामा समिति भङ्ग गर्नु उचित हुन्न ।”
जिल्लामा द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट २ सय २७ ले ज्यान गएको थिए । अहिले द्वन्द्वका क्रममा परी विद्रोही र राज्यपक्षबाट ज्यान गुमाएका र बेपत्ता परिवारलाई सरकारले ५ लाख राहत वितरण सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...