यसरी हुँदैछ रोल्पामा प्रचण्डसँग विप्लवको

Rkkkk111

रोल्पा– स्थानीय निर्वाचन खारेजी अभियानमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो जननी मान्ने थबाङमा गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको खबरले तरङ्ग ल्याएको छ ।

दलबलसहित काङ्ग्रेससँग संयुक्त रुपमा गाउँपालिका प्रमुखदेखि वडा अध्यक्ष र सदस्यहरुमा उम्मेदवारी दर्ता गरेका आफ्ना कार्यकर्ताहरुलाई नेकपाले ‘दलाल संसदीय व्यवस्थाको पक्षपाति’ घोषणा गरेको कुराले तरङ्ग झनै थपेको छ ।

जलजला पहाड सेरोफेरोका साविकका तीन गाविसलाई मिलाएर बनाइएको जिल्लाकै सानो गाउँपालिका थबाङमा प्रमुखमा काङ्ग्रेसको सहयोगमा र पालिकाका पाँच मध्ये चार वडामा अध्यक्ष र सदस्यसम्मको स्वतन्त्र प्यानल बनाएर नेकपा स्थानीय निर्वाचनमा होमिएको छ ।

एउटा वडा अध्यक्षमा नेकपा र एमाले दुवैले काङ्ग्रेसलाई सघाएका छन् । उनीहरु सबैलाई नेकपाको जिल्ला कमिटीले दलाल घोषणा गरेको छ । 

 थबाङ गाउँपालिकामा माओवादी केन्द्रबाट वीरबहादुर घर्ती, नेकपा–काङ्ग्रेस गठबन्धनबाट नेकपाका अमित घर्ती र एमालेका हितबहादुर रोका मैदानमा उत्रिएका छन् ।

उपप्रमुखमा माओवादीबाट रामकिरिणी रोका, नेकपा–काङ्ग्रेस गठबन्धनबाट श्रीकुमारी रोका र एमालेबाट जाना रोका छिन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार दिएका भक्तबहादुर घर्तीले भने उम्मेदवारी फिर्ता लिए ।

रोचक र विशेष महत्व राख्ने कुरा त के छ भने थबाङमा माओवादी केन्द्र, काङ्ग्रेस र एमालेले आ–आफ्नो चुनाव चिन्ह अंकित टिशर्ट, टोपी लगाएर भोट मागिरहेका छन्, भने नेकपाका कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवारीमा ‘एकीकृत जनक्रान्ति’ लेखिएको टिशर्ट लगाएर मतदातासँग भोट मागिरहेका छन् ।

थबाङमै महाधिवेशन गरेर एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको नेकपाले स्थानीय निर्वाचनमा सहभागी थबाङका आफ्ना कार्यकर्तालाई दलाल घोषणा गर्नु र पार्टीबाटै दलाल घोषणा गरिमाग्दा पनि कार्यकर्ताहरुले एकीकृत जनक्रान्ति लेखिएको टिसर्ट लगाएर भोट माग्दै हिँड्नुलाई संयोग मात्रै मान्ने कमै छन् ।

नेकपाका कार्यकर्ताले थबाङ गाउँपालिकामा स्थानीय निर्वाचनमा भाग लिएको देश विदेशमा चर्चा भइरहँदा रोल्पाको वास्तविकता यस्तो छ की, धेरै स्थानमा नेकपाका कार्यकर्ताले निर्वाचनमा भाग लिएका छन् । त्यसमा कतै काङ्ग्रेसको चिन्ह लिएर त कतै स्वतन्त्र चिन्हमा निर्वाचनमा भाग लिएको कुरा हिजो आज टोलटोलमा चर्चाको विषय बनेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...