फोटो पत्रकारको अध्यक्षमा दर्नाल

पाल्पा, । राष्ट्रिय फोटो पत्रकार समूहको १७औँ शाखा पाल्पाको अध्यक्षमा राससकर्मी कृष्ण दर्नाल निर्वाचित भएका छन् ।

शाखाको उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने, सचिवमा कृष्ण पोखरेल, सहसचिवमा सुमन गैरे, कोषाध्यक्षमा अमृत अधिकारीसहित ११ सदस्यीय तदर्थ समिति चयन भएको हो । शाखा सदस्यहरुमा सुशील नेपाल, नवराज ज्ञवाली, डोलराज विक, सुवास विक, कमल अधिकारी र श्रीधर पाण्डेय रहेका छन् ।

शाखाको सल्लाहकारमा राजेशकुमार अर्याल, माधव अर्याल र रेखीराम राना रहेका छन् । मङ्गलबार तानसेनमा शाखा स्थापना गर्दै समूहका केन्द्रीय अध्यक्ष ध्रुव आलेले एउटा फोटोले हजारौँ शब्दहरु भन्दा बढी शक्ति रहेको बताए ।

समूहका केन्द्रीय सचिव प्रदीप वन्तले फोटो पत्रकारिताको महत्व नेपालमा अझै रहेकाले सक्रियताका साथ लाग्न आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले जिल्लामा फोटो पत्रकारिताको महत्व र यसको आवश्यकता उजागर गर्न महासङ्घ लागिपर्ने बताए ।

प्रतिकृया दिनुहोस