तुलसीपुरका ४ मतदानस्थल अतिसंवेदनशील,
१ सय ३६ मतदानस्थल संवेदनशील

दाङ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रशासनले तुलसीपुरको ४ मतदान स्थललाई अतिसंवेदनशील, १ सय ३६ लाई संवेदनशील र ११ मतदान स्थललाई सामान्यको सूचिमा राखेको छ ।
जिल्लामा निर्वाचनको समयमा सबैभन्दा बढी सुरक्षा चुनौतीको रुपमा नेपाल कम्युनिष्ट पार्टीको विप्लव गतिविधिलाई लिइएको छ ।
त्यसैगरी अन्य चुनौतीका रुपमा नेपाल भारतको खुल्ला सिमाना, सडकको पहुँच नहुनु, निर्वाचन विथोल्न सक्ने शक्ति र विगतका अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सर्तकता अपनाएको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए ।
दाङमा स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदान स्थल, ३५१ मतदान केन्द्र निर्धारण गरिएको छ । दुईवटा उपमहानगरपालिका, एउटा नगरपालिका र ७ गाउँपालिकामा गरी २ लाख ९१ हजार १ सय ५० मतदाता छन् ।
प्रतिकृया दिनुहोस