तेह्रथुममा दलित महिला सदस्य निर्विरोध निर्वाचित

तेह्रथुम, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शंकर निर्विरोध निर्वाचित भएकी छिन् ।

आइतबार भएको उम्मेदवारी मनोनयनमा उनको एकल उम्मेदवारी परेको थियो । सो पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले शंकर निर्विरोध निर्वाचित भएकी मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताए ।

सो वडामा १ मात्रै दलित घरधुरी भएकाले शंकरको एकल उम्मेदवारी परेको हो । यसपालिको स्थानीय निर्वाचनमा शंकर जिल्लाकै पहिलो जनप्रतिनिधिको रुपमा समेत चयन भएकी हुन् ।

कानुनी रुपमै हरेक वडाबाट १ दलित महिला निर्वाचित हुने व्यवस्था भएपछि वर्षौदेखि उत्पीडन, दमन र विभेद सहेर बसिरहेको दलित समुदायका महिलाहरु नेतृत्वमा पुग्दैछन् ।

२ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लाका ४३ वडा मध्ये बाँकी ४२ वडामा १ सय १६ दलित महिलाहरु चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...