रावतको हत्याका दोषीलाई कारबाही माग गर्दै मार्तडी बन्द

Akhandasudurpashim2

बाजुरा, । स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताका लागि छेडेदह गाउँपालिकामा नारा जुलुसमा भएको नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच भएको दोहोरो झडपमा परी मृत्यु भएका हंसबहादुर रावतको दोषीलाई कारबाही माग गर्दै एमालेले मंगलबार सदरमुकाम मार्तडी बन्द गराएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुरामा रावतको हत्या गर्ने काँग्रेस कार्यकर्तालाइ कारबाही गर्नका लागि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाएको दोेस्रो दिन बिहानदेखि नै बजार बन्द गरेको एमाले बाजुराले जनाएको छ । मनोनयन दर्तामा गएका बेला रावतलाई ढुङ्गा हानेर हत्या गरेको भन्दै हत्यामा दोषीलाई कारबाही माग गर्दै मार्तडी बन्द गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...