उत्साहपूर्वक मनोनयन पाल्पामा  

Dharan

पाल्पा । असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलहरूले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका दुई नगरपालिका तथा ८ गाउँपालिकामा बाजागाजाका साथ दलहरुले मनोनयन दर्ता गराएका छन् ।

तानसेन नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसबाट अजयमान कर्माचार्य र लालुकुमारी राना, नेकपा एमाले बाट अशोक शाही र लक्ष्मी पाठक, नेकपा माओवादी केन्द्र बाट प्रतीक्षा सिञ्जाली र धनेन्द्रराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेवन्तबहादुर विष्ट र निर्मला हमाल, राष्ट्रिय जनमोर्चाबाट टीकाराम पौडेल र उमा सिञ्जाली तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट होमबहादुर थापा र सावित्रा रानाले उम्मेदवारी मनोनयन दर्ता गराए ।

यस्तै, रामपुर नगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसबाट रमणबहादुर थापा र विष्णुदेवी घिमिरे आचार्य, एमाले र माओवादी केन्द्रबाट संयुक्त रुपमा राजुप्रसाद श्रेष्ठ र दुर्गादेवी राना, राप्रपाबाट कृष्णप्रसाद अर्याल र दन्तकुमारी केसी, राष्ट्रिय जनमोर्चाबाट रेशम कँडेल र सावित्री गैरे तथा अखण्ड नेपाल पार्टीबाट उपप्रमुखमा विष्णुबहादुर घर्तीले मनोनयन दर्ता गराउनुभएको छ भने स्वतन्त्रबाट प्रमुखमा रोमनबहादुर थापा र उपप्रमुखमा मायाकुमारी सिञ्जालीले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै, रिब्दीकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसबाट गोविन्दबहादुर आचार्य र कमला छहरी, एमालेबाट नारायण जिसी र लक्ष्मी खनाल, माओवादी केन्द्र र राप्रपाबाट संयुक्त रुपमा लीलाबहादुर कार्की र भोजिन्द्रबहादुर केसी कुवँरले मनोनयन दर्ता गराए ।

यसैगरी, रैनादेवी छहरा गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षामा काँग्रेसबाट रामबहादुर कार्की र चेतना गाहा, एमालेबाट रामबहादुर राउत र गोमा रास्कोटी, माओवादी केन्द्रबाट फर्सबहादुर खाम्चा र खेममाया थापा तथा राष्ट्रिय जनमोर्चाबाट पर्सराम पौडेल र लक्ष्मी दर्लामीले मनोनयन दर्ता गराए ।

यसैगरी, तिनाउ गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षमा काँग्रेसबाट महेन्द्र पाण्डे र मनु कार्की, एमालेबाट ओमबहादुर घर्तिमगर र दमयन्ती थापा, माओवादी केन्द्रबाट चक्रब्यूह थापा र दिलकुमारी रोक्कामगरको मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै बगनासकाली गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षमा काँग्रेस र माओवादी केन्द्रबाट संयुक्त रुपमा कृष्णप्रसाद बस्याल र कृष्णप्रसाद भुसाल तथा एमालेबाट देवीप्रसाद बस्याल र सरस्वती चिदीले मनोनयन दर्ता गराए ।

माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसबाट सन्तोष थापा र निर्मला भट्टराई, एमालेबाट विमल काफ्ले र माया चिदी, राप्रपा र माओवादी केन्द्रबाट संयुक्त रुपमा वेदकुमार गाहा र हरि चौहानले उम्मेदवारी मनोनयन गराए । राष्ट्रिय जनमुक्ति पार्टीबाट अध्यक्षमा टेकुराम गाहा तथा स्वतन्त्र उम्मेदवार हरि राना र रामकर्ण थापाले अध्यक्षामा मनोनयन दर्ता गराए ।

यस्तै, निस्दी गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षमा काँग्रेस र माओवादी केन्द्रबाट संयुक्त रुपमा शालिकराम पाण्डे र वलु गैरे, एमालेबाट मुक्तबहादुर सारु र रीता अर्याल, सङ्घीय समाजवादी फोरम नेपालबाट अध्यक्षमा सुमित्रा नेपाली तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट अध्यक्षमा हुमबहादुर सुनारले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी, पूर्व खोला गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षमा काँग्रेसबाट झमानसिंह मगर र पुष्पा गाहा, एमालेबाट नुनबहादुर थापा र भागरथी भट्टराई, माओवादी केन्द्रबाट उपाध्यक्षमा भीमबहादुर सारु तथा सङ्घीय समाजवादी फोरमबाट अध्यक्षमा मनिसरा आलेले मनोनयन दर्ता गराउनुभएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...