माछा मासु पसलमा अनुसन्धान कडा

काठमाडौँ, । नियमविपरीत सञ्चालनमा आइरहेका माछा मासु पसलमा पोषण तथा खाद्य विभागले अनुसन्धान गर्न थालेको छ । अनुसन्धानको क्रममा गुह्येश्वरीमा रहेको सिन्धु तातोपानी कोल्ड स्टोरलाई सोमबार सिलबन्दी गरिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नियमित अनुगमनअन्तर्गत आज बिहान उक्त स्टोरबाट कुहिएको अवस्थामा ९ किलो मासु नष्ट गर्नुसाथै सिलबन्दी गरिएको हो ।

अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनका क्रममा मासु बिक्री गर्ने स्थानमा नै अन्य खानाहरु पकाएको, दर्ता नवीकरण नभएको, नापतौल प्रमाणीकरण नभएको र अत्यन्तै फोहर पाएपछि अनुगमन टोलीले सिलबन्दी गरी तीनदिनभित्र विभागमा आउन निर्देशन दिएको हो ।

विभागले सोमबार नै जोरपाटी नयाँबस्तीमा रहेको राजेश कोल्ड स्टोर, न्यू हलेसी मिटसप, अपेक्षा मिट सप, कोइच फ्रेस हाउस, न्यू तामाङ मिटसपको पनि अनुगमन गरेको छ । सो क्रममा ती पसलहरु दर्ता प्रमाणीकरण नगरेको, नापतौल प्रमाणीकरण नगरेको र अत्यन्तै फोहर रहेकाले सात दिनभित्र विभागमा आउन निर्देशन दिएको संयोजक पोखरेलले जानकारी दिए । ।

जेठ २३ गतेदेखि विशेष अनुगमन गरिरहेको छ । विभिन्न छवटा समूह बनाई अनुगमनको निरन्तरता दिइरहेका छन् । खाद्य र खानेपानीमा अनुगमनले सकारात्मक प्रभाव पारेर सुधार आए पनि माछा मासुका क्षेत्रमा मरेको कुखुरा काटेर बेच्ने, किरा परेको मासु बेच्ने कार्यमा अझै न्यूनीकरण हुन नसकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...