उम्मेदवारको योग्यतामा उजुरी दिन सक्ने आयोगको व्यवस्था

Lalitpur

काठमाडौँ । उम्मेदवारका योग्यतामा उजुरी दिन सक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ । उम्मेदवारविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा सम्वन्धित नगर र गाउँपालिका केन्द्रमा उजुरी दिन सकिनेछ ।

उम्मेदवारको प्रारम्भिक नामावली आइतबार साँझ नै प्रकाशित भइसकेको छ । निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचनमा ३९ हजार ७५६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारका लागि असार ६ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण असार ७ गते हुनेछ । आयोगको कार्यतलिका अनुसार असार १४ गते निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जना जनप्रतिनिधि चुनिनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...