तीन प्रदेशका ३५ जिल्लामा उम्मेदवारी दर्ता

Butwal manonayan

काठमाडौं । दोस्रो चरणअन्तर्गत असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि ३५ जिल्लाका ३३४ स्थानीय तहमा आइतबार उम्मेदवारी मनोनयन दर्ता भएको छ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा आइतबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित ढङ्गबाट मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
दोस्रो चरणको निर्वाचन कार्यतालिकाअनुसार सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने र मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने छ।

यस्तै मंगलबार उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। असार १४ गते मतदानको दिन हो। दोस्रो चरणको निर्वाचनमा १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा जनप्रतिनिधि चयनका लागि मनोनयनपत्र दर्ता भएको हो।

असार १४ गते हुने दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन्। यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन्। मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन् ।

नेपालको संविधानले व्यवस्था गरेबमोजिम ७४४ वटा स्थानीय तहमध्ये पहिलो चरणमा गत वैशाख ३१ गते आइतबार प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ।

पहिलो चरणअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका बाहेक २८२ स्थानीय तहको निर्वाचनको परिणामसमेत आइसकेको छ। निर्वाचन आयोग असार १४ गते प्रदेश १, २, ५ र ७ का ४३ जिल्लाका ४६१ स्थानीय तहको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारेको थियो। प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेका लागि सरेको छ।

दोस्रो चरणको निर्वाचनअन्तर्गत असार २ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम भए पनि आयोगले सरकारको आग्रहमा मनोनयन दुई दिन सारेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...