आयात प्रतिस्थापनका लागि रोपाइँ महोत्सव

Asare

जुम्ला, । स्वस्थ जीवनका लागि एकछाक भात, एकछाक रोटी खाउँ, धान÷चामलको आयात कम गरी परनिर्भरता घटाऔँ’ भन्ने नाराका साथ यहाँ रोपाइँ महोत्सव आयोजना गएिको छ ।

जिल्ला कृषि विकास कार्यालय द्धारा शनिबार तातोपानी गाउँपालिका–५ ऐरेनी ज्यूलामा आयोजित १४ औँ राष्ट्रिय धान दिवसको अवसरमा सो नाराका साथ रोपाइँ महोत्सव गरिएको हो ।

कृषिवस्तुको आयात प्रतिस्थापन गरी रैथाने बालीको जगेर्नाका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले सो महोत्सव गरिएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले बताए ।

महोत्सवमा स्थानीय विकास अधिकारी हरिनाराण बेल्बासेले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको धानबालीको उत्पादकत्व बढाउन ध्यान दिनुपर्ने बताए । कृषिमा हाम्रो जीवन निर्भर छ भन्ने कुरा कसैले ध्यान दिन नसकेकाले यो पेसालाई हेला गरिन्छ भन्दै उहाँले कृषकलाई सम्मानयुक्त जीवन जिउने वातावरण राज्यले तयार गर्न सकेमात्र हामी कृषिमा आत्मनिर्भर बन्न सक्ने चर्चा गरे ।

वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले मुलुकमा सबैभन्दा बढी प्रयोगमा आउने धान बाली भएको चर्चा गर्दै नेपालमा कुल उत्पादित एक करोड खाद्य बालीमा धान मात्रै ५० लाख मेट्रिक टन उत्पादन हुने बताए । नेपालको कुल क्षेत्रफलमध्ये १५ लाख हेक्टरमा उत्पादन गरिने यो बाली जुम्लामा दुई हजार नौसय ५० हेक्टरमा धानखेती हुँदै आएको छ ।

जुम्लामा कालीमार्सी, चन्दननाथ एक र तीन, लेकाली एक र तीन गरी पाँच जातका धान उत्पादित हुँदै आएको छ जसमा ३० प्रतिशत कालीमार्सी र ७० प्रतिशत उन्नत जातको धानखेती हुन्छ । आडिलो र पौष्टिकतत्वले भरिपूर्ण यो धानको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा जोड दिए जुम्ला आत्मनिर्भर बन्ने देखिन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...