क्यान्सरपीडित धनमायाँ विक लाई आर्थिक सहयोग

Money 5

बागलुङ, । आर्थिक अभावले उपचारमा समस्या झेलिरहेकी बागलुङ नगरपालिका–७ की धनमायाँ विकलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

रक्त क्यान्सरबाट ग्रस्त विकलाई बागलुङबाट दक्षिण कोरिया पुगेका केही व्यक्तिले उठाएको १५ हजार आइतबार प्रदान गरिएको हो । सहयोग जुटाउन पहल लिइएका सज्जनकुमारसिंह र पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले सो रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम बुझ्दै विकका श्रीमान् हिमलाल विकले उपचारमा रकम अपुग भएकाले सहयोगको याचना गरेको बताए । अन्य मुलुकमा रहेका नेपालीबाट पनि सहयोग प्राप्त भएको उनको भनाइ छ ।

गत वर्षदेखि रक्त क्यान्सरले थलिएकी विक अहिले काठमाडौँ स्थित शिक्षण अस्पतालमा उपचाररत छिन् । उनको उपचारमा २० लाखभन्दा बढी खर्च लाग्ने चिकित्सकले बताएको विकका आफन्त रमेश सेञ्चुरीले बताए ।

ऋणधन र प्राप्त केही सहयोगबाट हालसम्म १५ लाखभन्दा बढी रकम उपचारमा खर्च भइसकेको जनाइएको छ । नियमित उपचारको खर्च र पहिले लागेको ऋण कसरी तिर्ने भन्ने पिरलोमा विक परिवार छ ।

विक दम्पतीका चार छोरीमध्ये कान्छी छोरी पूर्णिमा विकलाई पनि मिर्गौलामा समस्या देखिएपछि उपचारमा समस्या भएको छ । आमा बिरामी परेर उपचारमा गएपछि सात वर्षीय छोरा प्रतीक घरमै दिदीहरूको सहारामा हुर्किरहेका छन् ।

प्रतिकृया दिनुहोस