टीकापुर घटनाको योजनाकार चौधरीलाई सरकारले दियो १ करोड ७४ लाख क्षतिपूर्ति

Resham chaudhari

काठमाडौ । टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ ।

टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या भएको भोलिपल्ट उत्तेजित भीडले रेशम चौधरीको फूलबारी एफएम, फूलबारी कटेज र एउटा मोटरसाइकलमा आगजनी गरेको थियो ।

रेशम चौधरीका बुबा लालवीर चौधरीले शुक्रबार क्षतिपूर्ति बापतको १ करोड ७४ लाख रुपैयाँको चेक बुझेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

यस्तै, नीरु ट्रेडर्सका सञ्चालक जीवनारायण चौधरीले १ करोड ५० लाख र प्रदीप चौधरीले आफ्नो हार्डवेयर पसलमा भएको क्षतिपूर्ति बापत १ करोड ३९ लाख रकम पाएका छन् ।

यसअघि प्रचण्ड सरकारको बहिर्गमनको अन्तिम समयमा मन्त्रिपरिषद्ले टीकापुरका आगजनीपीडितलाई झन्डै ११ करोड क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

टीकापुर घटनाका ८८ जना पीडितले ८ हजारदेखि १ करोड ७४ लाखसम्मको क्षतिपूर्ति पाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । राहत वितरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली शुक्रबार टीकापुर पुगेको थियो । राहत तथा क्षतिपूर्ति रकम दिएर राज्यले आफूलाई न्याय गरेको आगजनीपीडित प्रदीप चौधरीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...