२१४ औँ हप्तामा शनिबार थापाथली पुलमा सफाइ

Ktm bagmati 2

काठमाडौँ, । विसं २०७० जेठ ५ शनिबार देखि सुरु भएको वाग्मती सफाइ महाअभियानको २१४ औँ हप्तामा शनिबार थापाथली पुलमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानमा नायिका मनिषा कोइरालालाई सद्भावना दूत मनोनयन गरेपछि सफाइ अभियन्ताको सङ्ख्या बढेको छ ।

वाग्मती सफाइ महाअभियानको गत बिहीबारको बैठकले पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको प्रस्तावमा नायिका कोइरालालाई सद्भावना दूत घोषणा गरेको थियो । सद्भावना दूत कोइरालाको उपस्थितिमा आज दुई हजार व्यक्ति सफाइमा सहभागी भएको अभियन्ता उमेश बोहराले बताए ।

विसं २०७० जेठ ५ शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको २१४ औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मतीसँगै उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा पूर्व सहरी विकासमन्त्री केसी, सद्भावना दूत कोइराला, मुख्यसचिव डा सोमलाल सुवेदी, सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, पूर्व सचिव किशोर थापा, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव ज्योतिकुमार श्रेष्ठ, कलाकारद्वय सीताराम कट्टेल र कुमार कट्टेल, गायक केशव अधिकारी लगायतको सहभागिता थियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ब्लुक्रस अस्पताल, मुक्तिनाथ विकास बैंक, जीवन विज्ञान, गायत्री परिवार, हलेसी डेकोर, युरेसिया रेयुकाइ, नेपाल एस जि आइ, फ्रेन्ड्स क्लब ललितपुर, नेपाल भूपु प्रहरी, सिस्नुपानी नेपाल, लायन्स क्लब, तिलगङ्गा महिला समूहलगायत ४० संस्थाको सक्रिय सहभागिता थियो ।

पुडासैनी मैत्री समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७५ औँ हप्ताको सफाइमा शनिबार गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मती नदी किनारमा बनाइएको उद्यानमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...