रसुवागढी सडक पूर्ण सञ्चालनमा आउँदै

Rasuwa

काठमाडौँ, । काठमाडौँ लाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौँ–रसुवागढी सडक ९१२२ किमी पूर्ण रुपमा छिट्टै सञ्चालनमा आउने भएको छ । 

उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक १७ किलोमिटर को ट्र्याक खोल्ने काम नेपाली सेनाले यही असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ । ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालले जोडिने छ ।

बहुचर्चित एवम् बहुप्रतिक्षित सो मार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि काठमाडौँदेखि चीनको केरुङसम्म करिब चार घण्टामा पुग्न सकिन्छ ।

नेपाली सेना, विकास निर्माण निर्देशनालयका निर्देशक सहायक रथी उद्धव विष्टले मैलुङ–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सरकारले सेनालाई सुम्पिएको समयसीमाभित्रै सो सडकको ट्र्याक खुलाउने काम सम्पन्न हुन लागेको हो । सो सडक नौ मिटर फराकिलो र डबल लेनको हुनेछ र त्यसमा एउटा पनि घुम्ती हुने छैन ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण सम्पन्न भएपछि गल्छीदेखि रसुवागढीसम्मको दूरी ८४ किलोमिटर मात्र हुने छ । अर्कोतर्फ गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डलाई पनि छोटो बनाउने छ । यसको निर्माणले बेत्रावतीबाट राम्चे हुँदै धुन्चे नगई सिधै मैलुङ हुँदै स्यापु्रबेँसी पुग्न सकिने छ ।

व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले उत्तर–दक्षिण जोड्ने ‘लाइफ लाइन’का रुपमा रहेका काठमाडौँ रसुवागढी रणनीतिक सडकको निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गरेर यसको पूर्ण सञ्चालनमा जोड दिनुपर्ने बताए ।

उनले नेपाली सेनाले मैलुङ–स्याफ्रुबेँसी सडकको ट्र्याक खुलाउन गरिरहेको काम प्रशंसनीय रहेको चर्चा गर्दै विकास समितिले सेनाका कामलाई साथ र सहयोग गर्न तीन पटकसम्म त्यसको स्थलगत अध्ययन गरेको जानकारी दिए ।

काठमाडौँ–गल्छी–बेत्रावती ७५, बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी ५४ र स्याफ्रुबेँसी–रसुवागढी १६ गरी यो सडक कुल १४५ किलोमिटरको छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ति पार गर्नुपर्छ । राम्चे र मूलखर्कमा सुख्खा र वर्षात् दुवै समयमा आउने पहिरोले यातायात आगावमनमा कठिनाइ हुने गरेका छन् ।

सो सडक बनेपछि बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसीसम्मको दूरी जम्मा ३१ किमी हुनेछ । नेपाली सेनाकाअनुसार निर्माणाधीन मैलुङ–स्याफ्रुबेँसी सडक बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकभन्दा २३ किमी छोटो हुनेछ । यसैगरी काठमाडौँ–रसुवागढी सडकको दूरी कूल १२२ किमी हुन जानेछ ।

हाल सेनाले मैलुङ, स्याफ्रुबेँसी, त्रिशूली दोभान, सोलेबेँसी र गुमचेत गरी चार स्थानमा आफ्नो क्याम्प स्थापना गरी सडक निर्माणलाई तीव्रता दिएको छ ।

साथै मैलुङको त्रिशूली खोलामा १२० मि लामो ‘बेलिब्रिज’समेत जडान गरिसकेको छ । सो बेलिब्रिजको भारवहन क्षमता २५ टन रहेको उनले जानकारी दिए ।

उसो त नेपाली सेनाले भूकम्पले क्षति पु¥याएको बेत्रावती–मैलुङ १८ किमी सडक मार्गमा पहिरो पन्छाइ त्यसको मर्मत गरिसकेको छ । सरकारले विसं २०७२ पुस ७ गते सो सडक खण्डमा पहिरो पन्छाउन तथा मर्मत गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो ।

अर्कोतर्फ चीन सरकारले पनि केरुङलाई रेलमार्गसँग जोड्न उच्च प्राथमिता दिई काम गरिरहेको छ । हाल तिब्बती रेलमार्ग सिगात्सेसम्म आईपुगिसकेको र सन् २०२० सम्म चीनको हिमाली उपत्यका केरुङ आइपुग्ने बताइएको छ । रसुवागढी केरुङ ३५ किलोमिटरको दूरीे छ ।

चीनले केरुङबाट नेपालसँगको आफ्नो सीमा रसुवागढीसम्म सडक विस्तार, स्तारोन्नति एवम् सुधारलाई तीव्र बनाइराखेको छ ।मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलका प्रमुख एवम् सेनानी सञ्जय केसीले भौगोलिक विकटता, कठिनाइ एवम् सडक मार्गमा चट्टान नै चट्टान भएका बीचमा पनि सेनाले सडकको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पु¥याएको बताए ।

उत्तर–दक्षिण मार्गः व्यापार विस्तारमा ‘लाइफ लाइन’ हिमाली सिल्क रोडका रुपमा चर्चित नेपालको उत्तर–दक्षिण जोड्ने महत्वपूर्ण सडकका रुपमा यसलाई हेरिएको छ । रसुवागढीबाट चितवनको ठोरी जोड्ने छोटो मार्ग यही नै हुनेछ ।

पर्यापर्यटनका लागि विश्वमा ख्याति कमाएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज, धार्मिक पवित्रस्थल गोसाइँकुण्ड, पार्वतीकुण्ड, पदयात्राका आकर्षणस्थल लाङ्टाङको पर्यटन प्रवद्र्धनमा यो सडक सञ्जालले थप सहयोग पु¥याउने विश्वास गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...