मनसुनी वायु क्रमिक रुपमा बढ्दै

Dhankuta 02

काठमाडौँ, । मनसुनी वायु क्रमिक रुपमा बढ्दै गएकाले शनिबार र आइतबारदेखि मध्य र पश्चिमी भेगमा अझ बढ्ने र देशका धेरै स्थानमा वर्षा हुने भएको छ । सामान्य अवस्थाभन्दा केही दिन ढिलोगरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन ।

जेठ २९ गते ९१२ जुन बाट नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा वर्षा राम्रो हुन सकेको छैन । असारको मुखमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएर किसान खिन्न छन् । केही दिनयता मौसममा फेरबदल भइरहे पनि पर्याप्त वर्षा हुन सकिरहेको छैन् ।

मनसुनको आगमन पूर्वमा कमजोर तरिकाले आएको हुँदा यो सक्रिय हुन नसकेको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

मनसुनी वर्षा राम्रो हुनका लागि पश्चिमी वायुको प्रभाव कम हुनुपर्छ तर यो वायु अझै पनि रहिरहेको छ । मनसुनी वायुले पश्चिमी वायुलाई धकेलेर सिथिल पार्ने कार्य सोचेजस्तो भएको छैन ।

मनसुनी वायु क्रमिक रुपमा बढ्दै गएकाले शनिबार र आइतबारदेखि मध्य र पश्चिमी भेगमा अझ बढ्ने र देशका धेरै स्थानमा वर्षा हुने उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भागमा मनसुन प्रवेश गरेको भए पनि मनसुन पू्र्णरूपमा सक्रिय हुन र देशका बाँकी भागमा फैलन अझै केही दिन लाग्ने अनुमान गरेको छ ।

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ । यस आधारमा यो वर्षको मनसुन दुई दिन ढिला गरी सुरु भएको छ ।

नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०५ वर्षा हुनेगर्छ ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको ९करिब ३० वर्ष० औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९०५ देखि ११०५ सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ ।

मनसुन अरविक भाषा मौसिमबाट आएको हो । यसको अर्थ ‘रिभर्सल अव विण्ड’ हुन्छ । मनसुन हुनुभन्दा पहिला नेपालमा वायु पश्चिमबाट पूर्वतिर बहन्छ ।

मनसुनी सुरु भए पनि पानी नपरेको जिज्ञासा विभागमा धेरै आइरहेकाले मनसुनी वायु क्रमिक रुपमा पश्चिमतर्फ सर्दै विस्तारै गतिलिने क्रममा रहेकाले अब वर्षा हुनेहुँदा चिन्ता नगर्न किसानलाई मौसमविद्ले आग्रह गरेका छन् ।

मनसुनी वायु क्रमिक रुपमा पश्चिमतर्फ सर्दै विस्तारै गति लिने क्रममा रहेको छ । भारतमा सामान्यभन्दा अघि मनसुन आएको थियो । यहाँ नेपाल पनि चाँडै आउने अनुमान गरिएको थियो, तर त्यसको ठीक उल्टो केही दिन ढिलागरी मनसुन प्रवेश गरेको छ ।

मनसुन ढिलो प्रवेश गरी सक्रिय बन्न नसकेको भए पनि वायुमण्डलको वातावरण धेरै राम्रो रहेकाले आगामी दिनमा वर्षा हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताए ।

एक साताअघि बङ्गालको खाडीमा न्यूनचाँपीय क्षेत्र कडा भएकाले बढी पानी प¥यो जसका कारण नेपालमा मनसुन शक्ति कमजोर पा¥यो । अझै दुई चार दिन फाटफुटबाहेक पर्याप्त वर्षा हुने नदेखिएको र काठमाडौँ उपत्यकामा अझै केही दिन अहिलेकै अवस्थामा रहने मौसमविद् श्रेष्ठले जानकारी दिए ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमारामा १०८, धनगढीमा ४६, पोखरामा ३६, ओखलढुङ्गामा १५, डडेल्धुरामा आठ, विराटनगरमा तीन र दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । शुक्रबार काठमाडौँको न्यूनतम २० र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...