डडेल्धुरामा प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने

Dadeldhura 3

डडेल्धुरा, । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा यस पटक प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनमा एकले अर्कालाई मुख्य प्रतिस्पर्धीका रुपमा देखिरहेका छन् ।

नेकाले एमालेलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरेको छ भने एमाले र माओवादी केन्द्रले नेकालाई मुख्य प्रतिस्पर्धी ठानिरहेका छन् ।

दशकौँंदेखि सुदूरपश्चिम काँग्रेसको पकडक्षेत्रका रुपमा हेरिँदै आइएको डडेल्धुरामा संसदीय निर्वाचनमा काँग्रेसले एकलौटी विजय हासिल गर्दै आएकाले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा दुईवटा नगरपालिकासहित सातवटै तहमा आफ्नो पक्षमा आउनेमा पार्टी पङ्क्ति आशावादी देखिएका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा झन्डै एक दर्जन गाविसमा विजयी हासिल गरेको एमालेले पनि यहाँका अधिकांश नगर र गाउँपालिकामा यसपटक पनि विजयी हुने दाबी गर्दैआएको छ ।

काँग्रेसभित्रको टिकट वितरणको असन्तुष्टिको फाइदा उठाउने रणनीतिमा अन्य दल रहेका छन् । माओवादी केन्द्रले पनि डडेल्धुरा जिल्लाभर चुनावी घरदैलोलाई तीव्रताका साथ अघि बढाइआएको छ ।

सातवटै तहमा उम्मेदवार छनोटका विषयमा असन्तुष्टि देखिए पनि केही तहमा भने बिहीबार व्यवस्थापन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...