पत्रकार सहारा उपचार कोषलाई सहयोग

Help

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’का लागि शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोडले ३१ हजार एक सय सहयोग गरेको छ ।

उक्त सहकारीका अध्यक्ष दीपेन्द्र राउतले महासङ्घ झापा शाखाका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी र सहसचिव केशव भट्टराईलाई सो रकम आज हस्तान्तरण गरे ।

पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको उक्त कोषमा एक करोड रकम जम्मा गर्ने लक्ष्य रहेको संयोजक गिरीले बताए । कोषका लागि विभिन्न दाताबाट सहयोग जुट्ने क्रम जारिरहेको र हालसम्म २५ लाख सङ्कलन भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...