पुसदेखि वैशाख मसान्तसम्ममा २१महिलामाथि यौनिक र विभेदका घटना

Mahila himsa

इटहरी । सुनसरी जिल्लामा यो वर्षको पुसदेखि वैशाख मसान्तसम्ममा २१ वटा घटना भएको इन्सेक वर्ष पुस्तक पूर्व तयारी प्रतिवेदनले इटहरीमा सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

इन्सेक पूर्वाञ्चलका कार्यक्रम अधिकृत झङ्करबहादुर रावलको अध्यक्षतामा विहिबार भएको मावनअधिकार वर्ष पुस्तक तथा निर्वाचन र मानवअधिकार विषयक अन्तक्र्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक एवम् मानव अधिकारका विषयमा अन्तक्र्रिया गर्दै कसरी मानव हिंसामा कमी ल्याउन सकिन्छ भन्ने उपायका विषयमा समेत छलफल गरिएको छ ।

मानवअधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटना तथ्याङ्कमा उल्लेख भएअनुसार सुनसरीमा उक्त अवधिमा सबैभन्दा बढी बालबालिका र महिलामाथि भएको यौनिक हिंसाका घटना १८ वटा भएको देखाइएको छ ।

त्यस अवधिमा दुईजनाको हत्या र छ वटा बहुविवाह र अंश तथा खान लाउने विषयमा परेका उजुरी समेत समेटिएका छन् । पछिल्लो यो पाँच महिनाको अवधिमा बालिका तथा महिलामाथि हुने गरेका यौनिक हिंसा बढिरहेको र त्यसबाट समुदायमा यौनिक हिंसाले बढोत्तरी पाउने क्रम रहेकाले यसको न्यूनीकरणसम्बन्धी सरोकारवालाको ध्यान जान जरुरी रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...