मोरङको उत्तरी क्षेत्र र दक्षिणी इलाका १४४ बढी संवेदनशील

86 big

मोरङ । मोरङमा ३०० मतदानस्थल छन् । ती मध्ये सुरक्षा संवेदनशीलताको हिसाबमा मोरङ जिल्लाको उत्तरी क्षेत्र र दक्षिणी इलाका बढी संवेदनशील मतदान केन्द्र रहेका छन् ।

मोरङमा १४४ मतदान स्थललाई संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । त्योमध्ये ८१ मतदानस्थल सामान्य संवेदनशील छन् भने ६५ मतदानस्थल अतिसंवेदनशील छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलका अनुसार चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको हो ।

सुरक्षा संवेदनशीलताको हिसाबमा जिल्लाको उत्तरी क्षेत्र र दक्षिणी इलाका बढी संवेदनशील मतदान केन्द्र छन् । मोरङमा ५ लाख १४ हजार ६१८ मतदाता छन् भने कुल ६५९ मतदान केन्द्र एवम् ३०० मतदानस्थल कायम गरिएको छ ।

प्रतिकृया दिनुहोस