सीमा वारपार गर्न दिने सहमति

11111

नवलपरासी, । नवलपरासी सहित सीमावर्ती सुरक्षा निकायका प्रतिनिधिबीच दुवै देशका नागरिकलाई सहजरुपमा सीमा वार पार गर्न दिने सहमति भएको छ ।

नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत भारतसँग जोडिएको शीतलापुर नाकामा सीमा क्षेत्रमा रहेको नेपाल र भारतका सुरक्षा निकायका प्रतिनिधिबीच बुधबार यस्तो सहमति भएको हो ।

शीतलापुर नाकामा एसएसबीका जवानले नेपाल–भारत सीमामा आवतजावत गर्न चाहने जोसुकैलाई पनि विभिन्न बहानामा दुव्र्यवहार गर्ने अनावश्यक दुःख दिने क्रम बढेपछि दुवैतर्फ समस्या उत्पन्न भएको थियो ।

नवलपरासीको सीमामा रहेको शीतलापुर एसएसबी क्याम्पका जवानले मङ्गलबार एक निर्दोष नेपालीलाई निर्घात कुटपिट गरेपछि उत्पन्न तनावका कारण एसएसबीले सीमामा आवतजावत बन्द गराएको हो ।

मङ्गलबार बेलुका भारततिर जान लागेका साविकको बसहिया गाविस–६ का ४० प्रद्युम्न यादवलाई शीतलापुरका एसएसबी जवानले कुटपिट गर्दै क्याम्प लगेको र बचाउन पुगेका उनका भाइ सञ्जु यादवलाई पनि एसएसबीले कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिकृया दिनुहोस