राष्ट्रपति कृषक पुरस्कार वितरण

Kirsi pesa

बनेपा, । काभ्रेपलाञ्चोकका तीन कृषकलाई बिहिबार धुलिखेलमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको कार्यक्रममा पनौतीका उपेन्द्र तिमल्सिना, अनेकोट, पाँचखालका विष्णु गौतम र धुलिखेल शङ्खुका सीताराम भट्टराईलाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।

तीनैजनालाई कृषि विकास मन्त्रालयका सहसचिव डा योगेन्द्र कार्की र क्षेत्रीय कृषि निर्देशक मीनप्रसाद बुढाथोकीले संयुक्त रुपमा १० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।

तिमल्सिनालाई अलैँचीको नर्सरी उत्पादन र मह उत्पादन, गौतमलाई तरकारी तथा फलफूल नर्सरी, आइपिएम उत्पादन र भट्टराईलाई मौसमी तथा फलफूल उत्पादन गरेबापत पुरस्कार प्रदान गरिएको हो । कृषि विकास कार्यालयले गठन गरेको मूल्याङ्कन समितिको सिफारिसका आधारमा तीनैजनालाई पुरस्कृत गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...