माटोको ढिस्कोले पुरिएर ३ को मृत्यु

Melamchi

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा राजधानीको सीतापाइलामा तीन जना मजदुरको ज्यान गएको छ ।

बुधबार पाइप बिछुयाने क्रममा माटो को ढिस्कोले पुरेर मृत्यु भएको हो । उनीहरु माटोको ढिस्कोमा पुरिएका थिए ।

पाइप बिछ्याउनका लागि खनिएको खाल्टोमा पाइप राखेर माटोले सम्याउन खाल्टोभित्र छिरेका सप्तरी जिल्लाका सन्तोष दास र श्यामसुन्दर राम एवम् पर्वत जिल्लाका तेजप्रसाद केसीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक तीनै जनाले सात महिनादेखि पाइप बिछ्याउने काम गर्दै आएका थिए । घटनापछि बिहिबार दिउँसो आयोजना कार्यान्वयन निर्देशनालय, निर्माण व्यवसायी र मृतकका आफ्न्तबीच भएको बैठकमा श्रम ऐन र ठेक्का सम्झौताबमोजिम मृतकका परिवारलाई सबै सुविधा हुने सहमति भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए ।

बैठकमा निर्देशनालयका तर्फबाट प्रतिमृतक पाँच लाख र निर्माण व्यवसायीका तर्फबाट छ लाख गरी र ११ लाख दिने सहमति भएको हो ।

प्रतिकृया दिनुहोस