माछा मार्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

Creant lageko

सुर्खेत, । वीरेन्द्रनगर–३ तातोपानीमा करेन्ट लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका–५, कालीकोट का २७ वर्षीय भीमबहादुर शाही र रामेछाप दोरम्बाका २६ वर्षीय पासाङ लामा रहेकाछन् ।

पतेनी नजिक रहेको माछापालन केन्द्रको पोखरीमा माछा मार्न जाने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

पोखरीमा जाने फलामको भ¥याङ्गमा हिँडिरहेका बेला उक्त माछापालनमा कार्यरत भीमबहादुर शाहीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका शाही र लामाको उपचारका क्रममा मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा मृत्यु भएको हो ।
कालिकोट र रामेछापबाट मृतकका आफन्तहरु आउँदै गरेका कारण मृतकहरुको शव परीक्षण हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस