जेब्राक्रसिङ्गमा पैदलयात्रीलाई प्राथमिकता

जेब्रा क्रसिङ्गमा सवारी नरोक्ने चालकलाई कारबाही

Zebra  6

काठमाडौँ । जेब्राक्रसिङ्गमा पैदलयात्रीलाई प्राथमिकता दिन तथा सुरक्षाका लागि कारबाही तिव्र बनाएको महानगरीय ट्राफिक प्रहरी महाशखाले जनाएको छ ।

जथाभावी बाटो काट्नेविरुद्धको कारवाही स्थगित गर्दै ट्राफिक प्रहरीले जेब्रा क्रसिङ्गमा सवारी नरोक्ने चालकलाई कारबाही अगाडी बढाएको छ । जेठ २२ गतेबाट व्यक्तिगत तथा सार्वजनिक सवारीसाधनमा यो नियम लागु गरिएको हो ।

विशेषगरी दुई पाङग्रे सवारी कारबाहीमा पर्ने गरेका छन् । नियम लागु गरेसंगै दैनिक २० देखि २५ सवारी कारबाहीमा पर्ने गरेको महाशाखाका प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिए ।

कारबाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले पाँच सय जरिवाना लिने गरेको छ । जथाभावी बाटो काट्ने यात्रुबाट जरिवाना लिने व्यवस्था हटेपनि सचेतना कक्षालाई भने प्रभावकारीताका साथ सञ्चालन गर्ने मल्लले बताए ।

ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदाल यात्रुबाट जरिवाना स्वरुप २४ लाख राजस्व संकलन गरेको छ । यस्तै, नो हर्न प्लीज अभियान समेत प्रभावकारी बन्दै गएको ट्राफिक प्रहरीको दाबी छ ।

सुरुका दिनमा करिब चार सय सवारी कारबाहीमा पर्ने गरेकोमा हाल भने सयको हाराहारीमा मात्रै कारबाहीमा पर्ने गरेको मल्लले बताए ।

 

प्रतिकृया दिनुहोस