भरुवा बन्दुकसहित एकजना पक्राउ

Gun

रुकुम, । भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भूमे गाउँपालिका– २ काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर पड्काउन खोजेको सूचना पाएपछि प्रहरीले गाउँबाटै उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।

पक्राउ परेका पुनलाई आवश्यक अनुसन्धानका लागि सदरमुकाम मुसिकोट ल्याइँदैछ । बन्दुक लिएर भागेका अर्को एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस