प्रमुख दलहरु नै पालना गरेन् आचारसंहिता पालना

Rjpa

उदयपुर । उदयपुरमा प्रमुख राजनीतिक दलहरुले नै निर्वाचन आचरसंहिता पालना नगरेको पाइएको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र राप्रपा नेपाल लगायतले निर्वाचन आचारसंहिता पालना नगरेका हुन् ।

राजनीतिक दलले गाईघाटको मुख्य सार्वजनिक स्थान, सरकारी कार्यालयको परिसरमा पार्टीका झन्डा र ब्यानर, चुनाव चिह्न अंकित झण्डाले रंग्याएका छन ।

‘ट्राफिक नियमको नजरबाट हेर्दा दुर्घटनासमेत बढ्ने संकेत देखिएको छ । स्थानीय शिव दाहालले भने, ‘सडक तथा चोकमा विज्ञापनका होडिङवोर्ड समेत राख्न पाइँदैन तर दलले चुनाव प्रसार सडकमा गरेर जोखिम बढाएका छन् ।

अर्को पार्टीको झण्डा निकालेर फ्याँक्दै आफ्नो पार्टीको राख्दै गाईघाटको मुख्य चोक, बिपी चोक, पीपलचोक, पिजी चोकमा राति राति झण्डा गाडिने गरिएको छ ।

‘तीन दिनअघि कांग्रेसको मात्र झण्डा देखिएको थियो, दुई दिनपछि एमाले र माओवादीले बाँस गाडेर राखेको भेटियो । पिजी चोकमा चिया पसल गर्ने महेस धमलाले भने, ‘जब राति हुन्छ अनि राजनीतिक दलका कार्याकर्ता एकले अर्काको झण्डा मिल्काउँदै आफ्नो झण्डा राख्ने गरेको देखिन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...