कहिले बन्छ उपत्यकाभित्र जेब्रा क्रस ?

Jebra cross

काठमाडौं । ट्राफिक प्रहरीले जेब्रा क्रसिङबाट बाटो नकाट्नेलाई दुई सय रुपैया जरिवाना गर्दै आएको छ । पैसा तिर्न नसक्नेलाई ३ घण्डा पक्राउ गरेर थुन्ने पनि गरेको छ । तर, ट्राफिक प्रहरीलाई नै थाहा छैन कि उपत्यमाभित्र कति जेब्रा क्रस छ भन्ने ।

ट्राफिक प्रहरी नै अनविज्ञ भइरहेका बेला संसदको विकास समितिले उपत्याकाका सडकमा १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न निर्देशन दिएको छ । के अब उपत्याकाभित्र १२० मिटरको दुरीमा जेब्रा क्रस बन्ला त ?

तर, ट्राफिक प्रहरी भन्छ, हामीसँग जेब्रा क्रस बनाउने पैसा नै छैन । यस्तो अवस्थामा पनि ट्राफिक प्रहरीले जेब्रा क्रसबाट बाटो नकाट्नेलाई २ सय रुपैया जरिवाना उठाउन थाल्यो त ? यसरी चौतफी आलोचना भइरहेका बेला संसदके विकास समितिले यस्तो निर्देशन दिएको छ ।

विकास समितिको शुक्रबारको बैठकले उपत्यकाको सडकमा १२० मिटरमा जेब्रा क्रसिङ राख्ने गरी ७ दिनभित्र मापदण्ड बनाउन र २ महिनाभित्र कार्यान्वयन गरिसक्न सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी निर्देशन दिएको छ ।

विकास समितिको शुक्रबार बसेको बैठकले उपत्यकाको सडकमा १२० मिटरमा जेब्रा क्रसिङ राख्ने गरी ७ दिनभित्र मापदण्ड बनाउन निर्देशन पनि दिएको छ । सो बैठकले २ महिनाभित्र कार्यान्वयन गरिसक्न सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी निर्देशन दिएको छ ।

१५ प्रतिशत रकम नदेउ : समिति
ट्राफिक प्रहरीले सडक नियम उल्लंघन गर्नहरुसँग उठएको रकमको १५ प्रतिशत रकम जसले उठाएके हो, उसैलाई दिँदै आएको थियो । तर, त्यसलाई रोक्न समितिले निर्देशन दिएको छ ।

समितिले यस्तो भत्ता उपलब्ध गराउनुको साटो ट्राफिक प्रहरीलाई जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन विकास समितिले निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस