लाल्टिन’ टिमले गर्‍यो वृद्ध र असाहयलाई ‘कपडा वितरण

Pasupati

जेठ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लाल्टिन’को टिमले आफ्नो प्रचारलाई निरन्तरता दिइरहेको छ ।

कलाकारको साथ नपाएपनि चलचित्रको निर्माणपक्षले विभिन्न बिषयवस्तुलाई अगाडि सारिरहेको छ ।यो चलचित्रको यूनिटले प्रचारसँगै समाजसेवाको उद्देश्यलाई पनि अगाडि सारेको छ ।

 शनिबार चलचित्रका कलाकार, निर्माताले पशुपति, संकटा लगायतका क्षत्रेमा पुगेर वृद्ध, असाहयहरुलाई कपडा वितरण गरेका छन् ।

चलचित्रका निर्माता भानु प्रताप, अनिम श्रेष्ठ, राज केसीको साथमा कलाकारहरु निर्जन थापा, राज कटुवाल, गायक विनोद ढकाल पशुपति र संकटा मन्दिर पुगेका थिए । यस्तो खालको समाजसेवालाई निरन्तरता दिइने निर्माणपक्षको भनाई छ ।

देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, अर्जुन जंग शाही, ए गुरुङ लगायतका कलाकारको अभिनय छ ।

 

प्रतिकृया दिनुहोस