कार्किनेटामा पदमार्ग निर्माण शुरु

Karkineta

पोखरा । धौलागिरी अञ्चलको मुख्य प्रवेशद्धारको रुपमा चिनिने ऐतिहासिक ठाउँ कार्कीनेटामा पदमार्ग निर्माण शुरु भएको छ ।

पर्वत जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि स्थानीय बजारसम्मको पदमार्ग निर्माण शुरु भएको हो ।

पर्यटन मन्त्रालयको १० लाख रुपैयाको सहयोगमा निर्माण सम्पन्न हुने पदमार्गको फलेवास नगरपालिकाका नवनिर्वाचित प्रमुख पदमपाणी शर्माले शिलान्यास गरेका छन् ।

जिल्लाकै महत्वपूर्ण ऐतिहासिक स्थानका रुपमा रहेको कार्कीनेटामा आन्तरिक तथा बाह्य पर्यटकहरुको विकास गर्न पैदल मार्गको उचित संरक्षण र आवस्यकताअनुसार पदमार्ग निर्माण गर्न लागिएको हो ।

शिलान्यास कार्यक्रमपछि प्रमुख शर्माले स्थानीयको आवस्यकताको पहिचान गरी नगरमा भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिने बताए । शर्माले आफुले निर्वाचनमा गरेका प्रतिबद्धताहरु ५ वर्षभित्र पुरा गरेरै छाड्ने बताए ।

प्रतिकृया दिनुहोस