आरोही फर्किए आधारशिविर सुनसान

Mt.everst

सोलुखुम्बु, । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर यति बेला सुनसान देखिएको छ ।

आरोहणको मुख्य मौसम चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म यो आधारशिविर हजारौँ आरोहीले भरिएका हुन्छन् ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने कर्मचारी र अन्य एकाध मजदुर मात्र बाँकी रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले बताए ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १५ मे २९० भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १८ गते जुन १० भित्र आधारशिविर खाली गरिसक्नुपर्ने नियम छ । धेरैजसो आरोही जेठको १४ र १५ गते नै फर्किएका थिए

‘सिजनमा त बजार जस्तै हुन्थ्यो, कोही काम गर्ने, कोही सामान ओसार्ने, कोही हिमाल चढ्न जाने, त्यतीवेला त्यहाँ बसुँबसुँजस्तो लाग्थ्यो, अहिले त सुनसान भइसक्यो’–कार्यक्रम संयोजक राईले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...