निकिताको पोल्टामा मिस नेपालको उपाधि

Miss nepal

काठमाडौं । यस वर्षको सन् २०१७ को ‘मिस नेपाल’को उपाधी नीकिता चन्दकको हातमा परेको छ ।

सन् २०१७ को ‘मिस नेपाल’मा १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै मोरङ उर्लाबारीकी २० वर्षीय चन्दकले उपाधी हात पारेकी हुन् । उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाउने भएकी छन् ।

यो वर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठले हात पारिन् भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी भने नीति शाहले हात पारिन् ।

द हिडेन ट्रेजरले आयोजना गरेको सौन्दर्य प्रतियोगीतामा सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भएकी छन्।

घट्दो लोकप्रियता
पछिल्लो समय लोकप्रियता घट्दै गएको छ । केही वर्षअघिसम्म मिस नेपाल आयोजक र प्रतियोगीको तीव्र विरोध हुन्थ्यो । तर, अहिले त्यसको विरोध हुन छाडेको छ ।

पछिल्ला बर्षमा यो सौन्दर्य प्रतियोगीताको चर्चा निकै कमजोर बनिरहेको छ । त्यसमा पनि यसअघिका विजेताले खासै साख जोगाउन नसक्दा पनि मिस नेपालको महत्व घट्दै गएको पाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...