विश्वको अनौठो चर्च, रोबोट पादरी

Robot


रोबोटले रेष्टुरेन्टमा काम गरेको, कर्पोरेट हाउसमा कर्मचारीको रुपमा काम गरेको, हाउसमेडको रुपमा काम गरेको र पछिल्लोपटक दुबईमा पुलिसको रुपमा समेत काम गरेको समाचार जताजतै सुन्नमा आएको छ ।

 

तर जर्मनीमा चाहीँ त्यहाँको एक चर्चमा रोबोटले पादरीको भूमिका निर्वाह गरिरहेको छ ।

ब्लेस यु(टू नामक उक्त रोबोटले पादरीले जस्तै चर्चमा आउनेहरुलाई हातले आशिर्वाद समेत प्रदान गर्दछ । अझ रोचक कुरा त उसको हत्केलाबाट प्रकाश पनि निस्किन्छ ।

जर्मनीको विटेनवर्गमा उक्त रोबोटलाई लञ्च गरिएको हो । जर्मन पादरी मार्टिन लुथरको द नाइन्टी फाइभ थेसिस नामक पुस्तक प्रकाशनको ५ सय वर्ष पूरा भएको अवसर पारेर उक्त रोबोटलाई सार्वजनिक गरिएको थियो ।

यो रोबोट पादरीले चर्चमा आएका भक्तजनलाई आशिर्वाद दिनुभन्दा पहिले उनीहरुसँग सोध्छ की उनीहरु पुरुषको आवाजमा आशिर्वाद चाहन्छन् की महिलाको आवाजमा साथै कुन प्रकारको आशिर्वाद चाहिएको हो भनेर पनि सोध्दछ ।

यसरी भक्तजनको इच्छा बुझिसकेपछि रोबोट पादरीले मुस्कुराउँदै बाहु फैलाएर आशिर्वाद दिन्छ । साथै यसले वाइबल समेत पाठ गर्दछ । अनि भन्छः इश्वरले तिमीलाई आशिर्वाद दिउन् र तिम्रो रक्षा गरुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...