मोहनी लाग्ला है की चर्चित गाइका कुसुमको को मृत्यु

Kusum gajmer

काठमाडौं,। चर्चित गीत मोहनी लाग्ला है की गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ।

लिभरको समस्याका कारण मुम्बईमा उपचाररत गीतकार गजमेरको बिहीबार बिहान ३ ः ४० मा उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

गजमेरका सम्झना, चिनो, बाँसुरी, लाहुरे, देउता, पिरती, दुई थोपा आँसु लगायतका नेपाली चलचित्रमा समेत उनका गीत समावेश छन् । विसं २००२ असोज १७ गते भारतको दार्जिलिङमा जन्मिएकी कुसुम संगीतकार रञ्जित गजमेरकी श्रीमती हुन् । उनका दुई छोरी र एक छोरा छन् ।

गजमेरका रेली खोला बगर, मोहनी लाग्ला है, के सोचें मैले के भयो अहिले, यो मुटुलाई कसरी सम्झाई बुझाउँ, पिरती आफै हुँदो रैछ, विरताको चिनो वीरताको सन्तान, नयाँ नयाँ सजाउँ है सनसारलगायतका गीत चर्चित छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...