७० जना अनाथ तथा टुहुरा बालबालिकालाई उपहार

Balbalika

इनरुवा, । सुनसरीको भोक्राहा गाउँपालिकामा रहेको एक मुस्लिम गैरसरकारी संस्थाले बुधबार ७० टुहरा तथा अनाथ बालबालिकालाई लत्ताकपडासहितका उपहार वितरण गरेको छ ।

जकात फाउन्डेसन अमेरिकाको आर्थिक सहयोग र मिल्लत एजुकेसनल एन्ड वेलफेयर सोसाइटीको आयोजनामा अनाथ तथा टुहुरा ७० बालबालिकालाई लत्ताकपडासहितका सामग्री वितरण गरिएको हो ।

इस्लामनगर सुनसरीमा रहेको सोसाइटीले औपचारिक कार्यक्रमको आयोजना गरी इद गिफ्ट–२०१७ अन्तर्गत ७० बालबालिकालाई सो सामग्री उपहारस्वरुप वितरण गरेको हो ।

उक्त संस्थाले मुसलमानको महान् पर्व रमजान मनाउनका लागि सबैलाई सहज होस् भन्ने उद्देश्यले इद गिफ्ट कार्यक्रमअन्तर्गत चप्पल, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको आयोजक संस्थाका महासचिव डा खुर्सिद आलमले बताए ।

मुस्लिम अरफेनेज नेपाल संस्था दर्ता गरी २०१३ देखि अनाथ बालबालिकाको शिक्षादीक्षासहितको बसोबासको बन्दोबस्ती मिलाउँदै आएको संस्थामा हाल ७० जना बालबालिका रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...