‘पर्व र हिटलर’ रिलिज, नम्रताको स्टारडमको परिक्षा

Parba

काठमाडौं । आजबाट देशभरका हलमा चलचित्र ‘पर्व र हिटलर’ रिलिज भएको छ । प्रतिक्षामा रहेका दुई फरक जनराका चलचित्रलाई दर्शकले माया गर्ने विश्वास यसका निर्माताहरुले लिएका छन् ।

सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको चलचित्र ‘पर्व’मा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु र जेबिका कार्की मुख्य भूमिकामा छन् । यो चलचित्रले सस्पेन्स कथामा निर्माण भएको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रलाई वुधबार आयोजित प्रिमियरमा रुचाइएको थियो । चलचित्र ‘काले दाई काले दाई’ बोलको गीतका कारण यो चलचित्र अझ बढी चर्चामा छ । करिब डेढ बर्षपछि नायिका नम्रता श्रेष्ठ पर्दामा देखिन लागेकाले पनि उनको स्टारडमको परिक्षाको रुपमा ‘पर्व’लाई हेरिएको छ । यस्तै, आजबाट चलचित्र ‘हिटलर’ पनि रिलिज भएको छ ।

चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका हुन् । चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, ए गुरुङ र नव(नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ । कमेडी र लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई अष्टनारायण पिक्चर्सले निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...