शान्तिका लागि सगरमाथा आरोहण

Mountion

काठमाडौँ । विश्व शान्तिको कामना गर्दै ‘आणविक अस्त्र निश्तेज गरौँ’ भन्ने मूलनाराका साथ सुशील शेर्माले सगरमाथाको सफल आरोहण गरेका छन् ।

सगरमाथा आरोहण सहयोग समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आरोही शेर्माले जेठ ५ गते बिहान ८ः५३ सगरमाथाको टाकुरामा नेपाली झन्डा फहराएर विश्व शान्तिका लागि आणविक हतियार र अस्त्रशस्त्रको अन्त्यका लागि आग्रह गरे ।

विश्वमा आणविक हातहतियारसँगै अस्त्रशस्त्रको प्रभाव बढ्दै गएको अवस्थामा आणविक अस्त्रको अन्त्यको अभियान नेपालबाट सुरुआत गरेको बताउँदै विश्व शान्तिको सन्देश फैलाउन सो आरोहण गरिएको बताए ।

मानव इतिहास र सभ्यता नै समाप्त गर्नसक्ने यस्ता घातक हतियार उत्पादनमा विश्वका केही शक्ति रापष्ट्र प्रतिस्पर्धा गरिरहेकाले यस्तो उत्पादनको विश्व मानव समुदायले विरोध गर्न आवश्यक रहेको र विश्वका मानवअधिकारवादी संस्थालाई पनि सो मुद्दा जोडदाररुपमा उठाउन आग्रह गरे ।

विसं २०६४ देखि २०६८ सम्म नेपाली सेनामा सेवा गरेका पाँचथर जिल्लाका बासिन्दा शेर्माले यसअघि विश्वको तेस्रो अग्लो हिमाल ताप्लेजुङको कञ्चनजङ्गा आधार शिविरसम्मको पदयात्रा तथा २०७१ कार्तिक ३० मा रसुवा जिल्लामा अवस्थित छ हजार २०० मिटर उचाइको लाङ्टाङ हिमालको सफल आरोहण गरेका थिए ।

विसं २०६८ मा सोलुखुम्बु जिल्लामा अवस्थित ६,१८९ मिटर उचाइको आइसलैण्ड पिक इम्जासे पनि चढेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...