दमकमा विश्वकै ठूलो बुद्धको मूर्ति बन्ने

Gautam buddha

दमक। झापाको दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्ति निर्माण गरिने भएको छ । दमक–३ मा १६० बिगाहा जमिनको व्यवस्था गरी विश्वकै अग्लो बुद्धमूर्ति बनाउन लागिएको हो ।

बुद्धमूर्ति पार्क बनाउन १७ अर्ब ९५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । दमक नगरपालिकाले विराट बुद्धप्रतिमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जनाएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले प्रारम्भिक चरणमा भनिएको भन्दा आयोजनाको लागत अनुमान बढ्ने देखिएको बताए । दाहालले बुद्धको मूर्ति ५४२ फिट अग्लो हुने र आयोजनाको निर्माण आवश्यक प्रक्रिया जेठभित्रै सुरु गर्ने बताए । आयोजना छ वर्षभित्र सम्पन्न हुने बताइएको छ ।

आयोजनाभित्र करिब २० बिगाहाको पार्क हुनेछ भने बुद्ध मूर्तिको आकृति हेर्न एक बिगाहाको पोखरी निर्माण गरिनेछ । त्यहाँ स्तुपा, गुम्बा, बौद्ध विश्वविद्यालय, ध्यान केन्द्र, सपिङ मल, अस्पताल, धर्मशालालगायतका संरचना निमाण हुनेछ ।

सो स्थानमा बुद्धको मूर्ति बनाउन थाइल्यान्ड, जापान र दक्षिण कोरियाका सरकार तथा उद्योगीले निर्माण गर्ने इच्छा देखिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...