पुम्दीकोटमा महादेवको विशाल मूर्ति

५ वर्षमा २१ करोडको लागतमा बन्ने

Mandair (2)

पोखरा । पोखराको पुम्दीकोटमा भगवान महादेवको मूर्ति निर्माण गरिने भएको छ । मनोरम दृष्यावोलकन तथा धार्मिक पर्यटन प्रवर्द्धन,गर्ने उद्धेश्यले पोखराको पुम्दीकोटमा भगवान् महादेवको विशाल मूर्ति बनाउन लागिएको हो ।

परम्परादेखि विशेष महत्व बोकेको यस क्षेत्रको दिगो आर्थिक विकास, समृद्धि, समतामुलक, समुन्नत समाज निमार्णका लागि स्वधर्म संस्कृति र संस्कारको संरक्षण गर्ने उद्धेश्यले पुम्दीकोटमा विशाल महादेवको मूर्ति स्थापना गर्न लागिएको हो ।

२१ करोडको लागतमा महादेवको विशाल मूर्ति निर्माण सम्पन्न हुनेछ । ५ वर्षमा निर्माण सम्पन्न हुनेछ । सो मूर्ति निर्माण गर्न पर्यटन पूर्वाधार निमार्णको अनुमानित लागत २१ करोड रहेको छ । महादेवको मूर्ति तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्न आवस्यक रकम स्थानीय तथा सरकारी स्तरबाट व्यवस्था गरिने छ ।


स्थानीय स्तरमा समितिको अगुवाईमा हालै आयोजना भएको महायज्ञबाट जग्गासहित १० करोड संकलन भएको थियो । गत वर्ष नागरिक उडड्यन तथा पर्यटन मन्त्रालयबाट पहिलो चरणमा २० लाख रुपैयाँ रकम विजियोजन भएको थियो । यस्तै यस वर्ष अर्थ मन्त्रालयबाट एक करोडको बजेट स्वीकृत समेत भएको छ । समितिको पहलमा अन्य सहयोग दाताखोज्ने काम समेत भइरहेको छ ।

यस्तो बन्दैछ मूर्ति
महादेवको मूर्ति निर्माणस्थल वरिपरि एक सय ८ शिव लिंग निर्माण गर्ने योजना छ । महादेवको मूर्तिलाई डाईमार्फत गणेशले परिक्रमा गरिरहने परिदृष्य निर्माण गरिने निर्माण समितिका संयोजक चन्द्रकान्त बराल बताउँछन् ।

उनका अनुसार यहाँ ध्यान केन्द्र, स्मृति पार्क, सहिद स्मारक पार्क र पार्किङ लगायतका पूर्वाधार बनाइनेछ । प्राविधिकरुपमा असर गर्ने भएका कारण महादेवको अर्धकदको ५० फिट अग्लो मूर्ति निर्माण गरिने छ ।

पोखराको निकै रमणीय स्थलमा महादेवको मूर्ति निमार्णले यहाँको धार्मिक तथा पर्यटनमा धेरै सहयोग पुग्ने धेरैकोे विश्वास छ ।
१७ रोपनी क्षेत्रफलमा निर्माण गरिने महादेवको विशाल मुर्तिस्थल समुद्री सतहदेखि करिब १५ सय मिटरको उचाईमा छ । पोखराको मुख्य बजार पृथ्वीचोकबाट १३ किलो मिटर पश्चिमको उच्च भाग मूर्ति निर्माणस्थल पुम्दीकोटमा पर्दछ । त्यस स्थानमा जान शान्ति स्तुपा, छोरेपाटन, तिलाहार र कालाभाङ घडेरीको हुँदै जान सकिन्छ ।

त्यहाँबाट पोखरा बजारको सम्पूर्ण भाग देखिनुका साथै अन्नपूर्ण, माछापुच्छ«्रे लगायतका हिमाश्रृंखला, फेवाताल लगायतका मनोरम दृश्यहरू देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस