सहज होला त देउवाको बाटो ?

Sher bahadur deuba

काठमाडौं । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुलेको छ। तथापि अहिले नै देउवा प्रधानमन्त्री बन्छन् कि बन्दैनन् भन्ने शंका उब्जिएको छ ।
पूर्ववत सहमति अनुसार दाहालको राजीनामा आएपछि भावी प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अघि सारिएको छ ।
कांग्रेस र माओवादी केन्द्रबीच गत असारमा भएको समझदारीअनुसार दाहालले राजीनामा दिएपछि देउवालाई कार्यकारी प्रमुख बन्ने अबसर त जुरेको छ । तर, विभिन्न कालखण्डमा असफलता वेहोर्दै आएका देउवाले के गर्लान् भन्नेमा सबैको चासोको विषय बनेको छ ।

यस्तो छ देउवाको रामकहानी

२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको शासनसत्ता आफ्नो हातमा लिँएपछि देउवालाई कार्यकारी प्रमुखबाट अपध्वस्त गरेका थिए ।

उनी नेपाली कांग्रेसभित्रका अपजसे नेताका रुपमा चिनिने गरेका छन् । उनी आmैले नेता बनाएकाहरुबाट पनि पटकपटक घेराबन्दीमा पर्दै आएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा पनि आफैले गृहमन्त्री बनाएका विमलेन्द्र निधीबाट राजीनामाको मार खेप्नुप¥यो । यस्तो अवस्थामा देउवा फेरि कार्यकारी प्रधानमनत्री बन्दैछन ।

संवैधानिक र संसदीय प्रक्रिया सहजरुपमा अघि बढे कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवा १२ वर्ष ४ महिनापछि फेरि कार्यकारी प्रमुखका रुपमा सिंहदरबार प्रवेश गर्ने छन् ।

०७२ फागुनमा पार्टी सभापति बनेका देउवा माओवादी केन्द्र, मधेस केन्द्रित दलको गठबन्धनलाई कायमै राख्दै अघि बढ्ने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...